क्राइम पेट्रोल अभिनेत्री प्रेक्षा मेहताले गरिन् आत्महत्या



काठमाडौं : चर्चित टिभी सिरियल क्राइम पेट्रोलकी अभिनेत्री प्रेक्षा मेहताले पासो लगाएर आत्महत्या गरेकी छन् । २५ वर्षीय प्रेक्षाले इन्दौरस्थित आफ्नै घरमा सोमबार बेलुकी आत्महत्या गरेकी हुन् । लकडाउनका कारण उनी मुम्बइबाट आफ्नो घर पुगेकी थिइन् । अघिल्लो दिन बेलुकी १० बजे आफ्नो कोठामा पुगेपछि प्रेक्षाले सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘मानिसको सपना मर्न थाल्नु नै सबैभन्दा खराब समय हो’ भनेर समेत लेखेकी थिइन् ।

मंगलबार बिहान पंखामा झुन्डिएको अवस्थामा उनलाई परिवारका सदस्यले भेटेका थिए । उनको मृत्युको बारे पुलिसले अनुसन्धन गरिरहेको भारतीय मिडियामा जनाइएको छ । उनले क्राइम पेट्रोल लगायत मेरी दुर्गा’ र ‘नाल इश्क’ टीभि सिरियलहरुमा काम गरेकी छन् । उनी बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘प्यडम्यान’ मा पनि देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्