आयोजनाको प्रगति सन्तोषजनक नभएकोमा चिन्ता 



काठमाडौंं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका २१ आयोजनाको प्रगति सन्तोषजनक नभएकोमा चिन्ता व्यक्त गरेको छ । समितिको सोमबार बसेको बैठकले ती आयोजनाको काम द्रुत गतिमा अघि बढाउन आवश्यक कदम चाल्न सरकारलाई निर्देशन दिएको छ ।

मितिले राष्ट्रिय गौरवका आयोजना समस्यामा फसेको, वर्षौंसम्म सम्पन्न हुने अवस्थामा नपुगेको बारेमा जिम्मेवार मन्त्रालय र अधिकारीहरूलाई जानकारी माग्ने र राष्ट्रिय गौरवका आयोजनाका समस्या पत्ता लगाई समाधानका लागि सरकारलाई थप निर्देशन दिने निर्णय गरेको छ ।

सदस्यहरूले राष्ट्रिय महत्त्वका आयोजना सम्पन्न हुन लामो समय लाग्दा लागत बढेकोतर्फ सरकार गम्भीर हुनुपर्ने बताएका थिए । बैठकले पहिलो चरणमा समितिका सदस्यलाई आयोजनाको स्थलगत अनुगमन गर्न पठाउने निर्णय गरेको छ । समितिले गौरवका आयोजनाहरूको स्थलगत अध्ययन गर्न सदस्यहरूलाई जिम्मा दिएको छ ।

सदस्यहरू इन्दु कडरियालाई पश्चिम सेती जलविद्युत् आयोजना र रानीजमरा कुलरिया सिँचाइ आयोजना, कोमल वलीलाई सिक्टा सिँचाइ आयोजना र बबई सिँचाइ आयोजना, खिमलाल भट्टराईलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ र लुम्बिनी क्षेत्र विकास कोष आयोजना, खेमराज नेपालीलाई मध्यपहाडी लोकमार्ग र कोशी करिडोरको स्थलगत अनुगमन गर्न खटाएको समाचार कान्तिपुरमा छ । 

 

प्रतिक्रिया दिनुहोस्