भारतमा एकै दिन ७ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण



एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ५८ हजार नाघेको छ ।

एकै दिन थप ७ हजार २९३ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ५८ हजार ८६ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ५३४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १९० जनाको मृत्यु भएको छ । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ

प्रतिक्रिया दिनुहोस्