राजपाले सातलाख सदस्य संख्या पुर्याउने 



काठमाडौं :आगामी ७–९ वैशाखमा महाधिवेशनको मिति तय गरेको राष्ट्रिय जनता पार्टी (राजपा)ले अझै सदस्य टुंग्याएको छैन ।

मंसिरसम्म सदस्यता वितरण र नवीकरण सक्ने लक्ष्य लिए पनि अझै नटुंगेको महासचिव केशव झाले बताए । उनका अनुसार सदस्यता वितरण र नवीकरण गर्ने समय तेस्रोपटक थपेर १५ फागुनसम्म पुर्याइएको छ ।

यसअघि पुस मसान्त हुँदै माघ मसान्तसम्मको समय दिइएको थियो । मधेस केन्द्रित छ दल मिलेर ७ वैशाख ०७४ मा बनेको राजपाले एकता महाधिवेशन गर्न लागेको हो । राजपाले प्रतिनिधिसभामा १७ र राष्ट्रिय सभामा दुई सिट जितेको छ । 

सदस्य सात लाख पुर्याउने लक्ष्य

साधारण सदस्य सात लाख र सक्रिय सदस्य तीन लाख पुर्याउने लक्ष्य रहेको महासचिव झाले बताए । हाल साधारण सदस्य छ लाख र सक्रिय सदस्य दुई लाख रहेको उनले जनाए । राजपाले फागुन मसान्तसम्म सदस्यता नवीकरण र वितरणको सम्पूर्ण कार्य सक्ने, चैतसम्म  वडा, गाउँ, नगर, प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्