प्रदेश २ मा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि, सबैभन्दा धेरै धनुषामा



काठमाडौं : प्रदेश २ मा थप ७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ७६ जनामा कोरोना पुष्टि भएको हो ।

बिहीबार बिहान धनुषा, महोत्तरी, सप्तरी, सर्लाही, सिरहा र रौतटहमा गरि ७६ जनाको कोरोना पोजेटिभ देखिएको हो ।

यसमध्ये सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्