ट्रक र टेलर ठोकिँदा नारायणगढ-मुग्लिन सडक अवरुद्ध



चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रक र टेलर दुर्घटना भएको छ।

आज बिहिबार बिहान करिब ७ बजे चितवनको इच्छाकामना–६ स्थित तुइनखोला पुलमा ट्रक र टेलर दुर्घटना भएपछि सडक नै अवरूद्ध भएको हो ।

नारायणगढबाट धादिङका लागि छुटेको ना ५ ख ९१२२ नम्बरको मालवाहक ट्रक र काठमाडौँबाट वीरगञ्ज फर्कँदै गरेको ना ८ ख १५५२ नम्बरको टेलर एकापसमा ठोक्किँएर दुर्घटना भएको थियो।

दुर्घटना घाइते भएका एक चालकको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्