राजीनामा दिएका आयुक्त पाठकमाथि अनुसन्धान सुरु



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका आयुक्त राजनारायण पाठकमाथि अनुसन्धान सुरु गरेको छ ।

तीन सदस्यीय कमिटी गठन गरेर अनुसन्धान थालिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

महान्यायाधिवत्ताको कार्यालयले पाठकमाथि आयोगले छानबिन गर्न सक्ने बताएको थियो ।

नेपाल इञ्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार मिलाइदिने शर्तमा घुस लिएको सार्वजनिक भएपछि पाठकले गत शुक्रबार पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्