करेन्ट लागेर कर्मचारीको मृत्यु



कैलाली : बैतडीमा एक जनाको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ । पाटन नगरपालिका वडा नं ६ स्थित सुर्नया विद्युत् पावर हावस नजिकैको ट्रान्समिटरमा करेन्ट लागेर विद्युत् पावर हावसका हेड हेल्फर भान सिंह खत्रीको मृत्यु भएको हो । 

आज बिहान खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बहादुर बोकटीले जानकारी दिए । ट्रान्समिटरमा फ्युज हाल्न पोलमा चढेका बेला खत्रीलाई करेन्ट लागेको हो ।  

खत्री विगत ३५ वर्ष देखि पावरहावसमा कार्यरत थिए ।

 

प्रतिक्रिया दिनुहोस्