महिला विश्वकप छनोटः नेपालले मलेसियालाई हरायो



काठमाडाैं : महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत नेपालले मलेशियालाई पराजित गरेको छ । एशिया छनोटको पहिलो खेलमा नेपालले ३४ रनको जीत हात पारेको हो ।

१ सय २७ रन लक्ष्य पछ्याएको मलेसियालाई ९२ रनमा समेट्दै नेपालले खेल आफ्नो पक्षमा पारेको हो । 

नेपाललाई जीत दिलाउन करुणा भण्डारी र सरिता मगरले २–२ विकेट तथा सीता मगर र कबिता कुँवरले १–१ विकेट लिए ।

मलेसियाका लागि क्रिस्टिना बेरेटले सर्वाधिक २१ तथा सासा आज्मीले अविजित १६ रन बनाइन् ।

थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर १२६ रन बनाएको थियो ।

नेपालका लागि सीता मगरले ४२ रन जोडिन् । यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाइन् । त्यस्तै काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले छ रन बनाए ।

नेपालले दोस्रो खेल थाइल्याण्डसँग बिहीबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्