दशैंका दिन सेनाको निःशुल्क बस सेवा



काठमाडौं : विजय दशमीका दिन नेपाली सेनाले काठमाडौं उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। सेनाले दशैंका दिन काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारीसाधन न्यून चल्ने भएकाले सर्वसाधारणको आवागमनमा सहजता ल्याउन भन्दै आठवटा रुटमा निशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो।

बिहान ७ बजे, ११ बजे र दिउँसो ३ बजे भद्रकालीबाट ३० सिट क्षमता भएका एक/एक वटा बस विभिन्न आठ रुठमा सञ्चान हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 


यी हुन रुट 

(क) रुट नं.१— भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क । 

(ख) रुट नं.२— भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माईतीघर । 

(ग) रुट नं.३— भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भू, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली । 

(घ) रुट नं.४— भद्रकाली, माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली । 

(ङ) रुट नं.५— भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट । 

(च) रुट नं.६— भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली । 

(छ) रुट नं.७— भद्रकाली, माईतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर, भद्रकाली । 

(ज) रुट नं.८— भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली । 

त्यसैगरी, बडादशैं २०७५ को उपलक्ष्यमा घर बिदामा जाने सकलदर्जा तथा निजहरूको आश्रित परिवारहरूको हितको लागि नेपाली सेनाले असोज २५ गतेदेखि ३१ गतेसम्म काठमाडौंबाट दोलखा, इटहरी, धनगढी, लमजुङ्ग, रामेछाप, पोखरा, बुटवल, गोरखा, धादिङ/त्रिशुली, चौतारा, हेटौडा, नारायणगढ र सिराहा–राजविराज जाने तथा उपत्यका भित्र आउने गरी निःशुल्क बस सेवा सञ्चालन भइरहेको जनाएको छ। उक्त बसहरू सम्बन्धित स्थानबाट प्रत्येक दिनको ६:३० बजे छुट्ने र प्रति सैनिक व्यक्ति बढीमा पाँच जनाले सुविधा लिन पाउने व्यवस्था मिलाइएको जनसम्पर्क निर्देशनालयले जनाएको छ।   

प्रतिक्रिया दिनुहोस्