‘सुष्मा बहिनी तिमीप्रति मेरो उच्च सम्मान छ’


सुष्मा बहिनी,
तिमी प्रति मेरो सम्मान छ । सबै कुरा थाह हुँदाहुँदै पनि तिमीले नवराजसँग प्रेम गर्‍यौ । आफ्नो प्रेमिलाई लिन बोलायौ । मातापिता छाडि भाग्न पनि तयार थियौ, तिम्रो साचो प्रेमका निम्ति । तिम्रो पेटमा भएको बच्चा, एउटा नमुना प्रेमको निशानी हो । अब सुरक्षित जन्माएर एउटा असल आमा बन है ।

पृथ्विको काँखमा थोप्लिन थालेंका पानीका थोप्लाहरु ठूला–ठूला लावा झैं प्रतित हुन्थें । बज्रिएका थोपाहरुबाट निस्केको आवाजमा आज दर्दको आभास भइरहेको थियो । साँझ आफ्नै विशिष्ट गतिमा छिप्पिँदै गइरहेको थियो । केही क्षणमा झम्मक रात पनि प¥यो ।

केहि बेर अघि गगनमा मडारिरहेका फाटफुट बादलका टुक्राहरुले पनि उग्र रुप लिए । शायद सामान्य वर्षा पनि भिषण वर्षातमा परिणत हुने पूर्व संकेत गर्दै थिए ।

सागरको बंलाको सुनसान दलान । दलान माथि एउटा मानव शरिर लम्पसार परेको छ । कुनै प्रकारको हलचल छैन् – अचल, एकदम शान्त, निर्जिव वस्तु झै ।

केही मिनट पश्चात् आकृति चल्बलायो ।

उनले सुस्तरी चक्षु खोल्दै नजर चारैतिर घुमाइन् ।

चक्षु डम्म फुलेका देखिन्थें । शायद अश्रुधाराले आँखालाई निकै प्रवाह पारेको थियो ।

दृष्टि घुमाउँने क्रममा उनको नजर एकाएका कोठाको ढोकामा गएर टक्क अडियो । जहाँ एउटा ठूलो ताल्चाको एकतन्त्री निरंकुश शासन व्याप्त थियो । ताल्चा देख्ना साथ घाउँले भरिएको उनको विचलित ह्रदयमा ठूलो चट्याङ् परयो । मनमा आँधी–हुरी चल्यो । मुटु चसक्क दुखेर आयो । चक्षुमा जोरको वेगिलो बाढी उर्लेर आयो ।

वियोगका दुःखद क्षणहरु मुटुमा संगालेर रगतको आँसु बगाउँदै कल्पनाको अथाह महासागरमा ध्यान मग्न भइन् -“कस्तो स्वार्थी जवाना…? कस्ता स्वार्थी यहाँका मानव हृदयहरु.. ? कस्तो स्वार्थी संसारको प्रत्येक वस्तु ? जहाँ अन्नका अणु, कण, परमाणुमा पनि स्वार्थको समिश्रण छ । प्रत्येक कण–कणमा पनि स्वार्थका किटाणुहरुको राज्य छ ।

कस्तो स्वार्थी ती मानिस जस्ले मलाई बेहोस अवस्थामा यहाँ असुरक्षित छोडी घरमा ठूलो ताल्चा झुण्ड्याएर मोज – मस्तीमा निर्लिप्त भए । कसरी मुटु त्यस्तो निर्दयी, कठोर बने होलान् । मलाई यहाँ एक्लै फोहर, कसिङ्गरमा फ्याँकेर । यस संसारमा कसै प्रति मेरो कुनै अधिकार रहेन । सागर त गुमाए, परन्तु अब म बाँचु कसरी ?”

अविरल बगिरहेको आँसुको कुनै मुल्य र मान्यता थिएन । मान्छेहरुले खचाखच भरेका यस संसारमा उनी एक्ली ।

हो उमेर कच्चा थियो ।

माया प्रेम सच्चा थियो ।

तर संसारको कुन कानूनले सिगो गाउँ उल्टिएर कसैको ज्यान लिन अनुमति दिन्छ ?

कस्तो समाज ? कस्तो मानसिकता ?

सतहमा आएको एउटा घटना मात्र हो यो । हाम्रो समाजमा यस्ता डरलाग्दो घटनाहरु जरा गाडेर अझै बसेका छन् जातभात र विभेद बनेर ।

आज एउटा सच्चा प्रेमकोे ध्वजि उडाएको छ यो समाजले ! तिमी प्रति अझ उच्च सम्मान छ ! किरण नेपाली

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : ललितपुरको खोकनामा स्थानीयवासी र प्रहरीबीच शनिबार दिउँसो झडपा भएको छ । झडपमा ४

बझाङ : शनिबार बिहान बझाङको केदारस्युँ गाउँपालिका–८ को मललेसिमा गएको पहिरोमा पुरिएकाको उद्धार गर्न गएको

काठमाडौं : काठमाडौं उपत्यकाको ढलमा कोरोनाभाइरस (कोभिड–१९)को भाइसर फेला परेको छ । सेन्टर फर मलिकुलर

बझाङ : बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा शनिबार बिहान गएको पहिरो पुरिएका दुई

काठमाडौं : महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिनाको शिशुमा कोरोना संक्रमण देखिएको छ ।

जनकपुर : जनकपुरमा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । भैंसी चराउन

गोरखा : गोरखामा एक जना कोरोना संक्रमति व्यक्तिको मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचाररच

बझाङ : बझाङमा शनिबार बिहान पहिरो जाँदा १७ घर पुरिएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर सामान्यदेखि पूर्ण बदली सुदूरपश्चिम प्रदेश

धनगढीः कैलालीको पूर्वी क्षेत्र डुबानमा परेको छ । विभिन्न नदी र खोलामा आएको बाढी गाउँघरमा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भ्रातृसंगठन नेविसंघका नेताहरूप्रति आक्रोश व्यक्त गरेका छन् ।

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको विषयलाई लिएर फेरि एकपटक चीनमाथि हमला गरेका छन्