‘दि म्यान फ्रम काठमाडौं’को गीत



काठमाडौं : आउँदो चैत १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘दि म्यान फ्रम काठमाडौको नयाँ गीत सार्वजनिक गरिएको छ । युट्युबबाट सार्वजनिक ‘किच किच्ये माया……’ बोलको गीतमा सुजेन्द्र डि कार्कीको शब्द तथा संगीत रहेको छ । यसमा स्वर चन्दन ध्वोज केसीको रहेको छ ।

सार्वजनिक भएको गीतमा मुख्य कलाकार कर्मा शाक्य र आना शर्मालाई देख्न सकिन्छ । यो गीतलाई राजन इशानले एरेञ्ज गरेका छन् । यस गीतको भिडियोमा सविन शाक्यको कोरियोग्राफीलाई हेर्न सकिन्छ । 

यस भिडियोलाई चर्चित कोरियोग्राफर रेनेशा वान्तवा राईले निर्देशन गरेका छन् । यो फिल्म निर्देशक पेमासँगै नकिम उद्दिनको  निर्माणमा बनेको छ ।

यो फिल्ममा जोसे मानुइल र नायिका आना शर्मा, चर्चित भारतीय कलाकार गुल्सन ग्रोबर, पाकिस्तानी कलाकार हमिद शेखसँगै नेपाली कलाकार नीर शाह, कर्मा शाक्य, मिथिला शर्मा, शिशिर बाङ्देल, सुनिता ठाकुर, परमिता आर एल राना, अमिर गौतम लगायतको अभिनय रहेको छ ।

यो फिल्मलाई कार्लोस मेडिनाले खिचेका छन् । यस फिल्ममा कलिउड, हलिउड, बलिउड र पाकिस्तानी कलाकारको समिश्रणलाई देख्न सकिन्छ । यो फिल्मलाई पेमा धोन्डुपले निर्देशन गरेका छन् । योसँगै ‘दि म्यान फ्रम काठमाडौं’को नयाँ एक्सन ट्रेलर पनि सार्वजनिक गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्