मुसहर बस्तीका लागि मिथिला वाईल्ड लाइफ ट्रष्टको राहत



वीरगन्जः पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नं.४ का गरिब तथा अतिबिपन्न घरपरिवारलाई मिथिला वाईल्ड लाइफ ट्रष्ट नामक गैर सरकारी संस्थाले राहत वितरण गरेको छ ।

नुषाधामको मिथिला बिहारी नगरपालिका ३ का रहेको उक्त मिथिला वाईल्ड लाइफ ट्रष्ट नामक सस्थाले पर्साको पहाकामैनपुर गाउँपालिकाका ८५ जना अतिविपन्न परिवारलाई राहत वितरण गरेको ट्रष्ट पर्साका प्रतिनिधि श्रवण कुमार साहले बताए ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट रोकथाम तथा नियन्त्रण गर्न सरकारले देशभरी नै लकडाउन गरेको आज दुई महिना भन्दा बढी भईसकेको छ । लकडाउनबाट सबभन्दा बढी प्रभावित दैनिक ज्यालादारी गरी खाने, गरिब तथा अतिविपन्न परिवार पूर्ण रुपमा प्रभावित भएका छन ।

पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर ४ मा मुसहर बस्तीमा रहेका ८५ परिवार स्थानियको पहलमा राहत वितरण गरिएको हो । दलित अधिकारकर्मी मनोज रामले मुसहर बस्तीको अवस्था बारे मिथिला वाईल्ड लाईफ ट्रस्टलाई जानकारी गराएपछि उनीहरुको उद्दारको लागि राहत उपलब्ध गराएको हो ।

वडा नं. ४ का वडा अध्यक्ष ढेडी प्रसाद यादवको विशेष उपस्थितिमा खेस्राहा टोलका मुसहर बस्ती, वडाको विभिन्न टोलका गरिब तथा अतिबिपन्न ८५ घरपरिवारलाई खाद्यान्न राहत वितरण गरिएको हो । भोजपुरी टाइम्स दैनिक पत्रिका तथा नेपाल युवा परिषद् पर्साको सहकार्यमा वितरण भएको राहतमा चामल, दाल, आलु, प्याज, खाने तेल, नुन, स्वाबिन, नुहाउने साबुन, हरियो तरकारीको प्याकेट प्रति परिवारालई वितरण गरिएको ट्रष्ट पर्सा प्रतिनिधि साहले बताए ।

राहत सामग्री पाउँदा मुसहर बस्तीका स्थानियहरुको मुहारमा खुसीयाली नै छाएको थियो । हुन त पहिला पनि वडा कार्यालय तथा प्रदेश सरकारबाट राहत वितरण गरेकै हो तर त्यतिले कति दिनसम्म घर खर्च टार्न सकिन्छ भन्दै स्थानिय श्यामबाबु रामले भने, यस संस्थाले राहत वितरण गरेकोमा धन्यबाद दिदै अझ केही दिनसम्म आफुहरुलाई खान पुग्ने भयो भन्दै खुसी व्यक्त गरे ।

राहत वितरण कार्यक्रममा भोजपुरी टाइम्स दैनिक पत्रिकाका प्रकाशक अजय कुमार चौरसिया, मिथिला वाइल्ड लाइफ ट्रष्ट बाराका प्रतिनिधि राजेश प्रसाद कुशवाहा, नेपाल युवा परिषद् पर्सा का सचिव मुकेश कुमार चौरसिया, संचारकर्मी बिन्दु भुषण साह, दिपक चौरसिया, रंजित चौरसिया लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्