नायक र खलनायक दुवैमा हिट केही कलाकार



काठमाडौं : फिल्ममा नायक र खलनायक दुवैको रोल प्रभावकारी हुन्छ । कुनै पनि फिल्ममा नायकको भूमिका जस्तो दमदार हुन्छ, त्यस्तै दमदार भूमिका खलनायकको पनि हुन्छ । बलिउडका यस्ता धेरै कलाकारहरु छन् जो नायक र खलनायक दुवैको भूमिकामा सफल रहेका छन् ।

यस्ता कलाकारहरुमा अक्षय कुमार, अजय देवगन, शाहरुख खान, रणवीर सिंह, सैफ अली खान, सञ्जय दत्त, आमिर खान, ऋषि कपुर, अमिताभ बच्चन लगायतका रहेका छन् ।

अक्षय कुमार : अक्षय कुमारले नायकमात्र नभएर खलनायकको भूमिका पनि निर्वाह गरेका छन् । उनले फिल्महरुमा ‘खेलाडी ४२०’, ‘अजनबी’, ‘ब्लु’ ‘वान्स अपन अ टाइम इन मुम्बई दोबारा’ र ‘२.०’मा खलनायकको भूमिकामा काम गरेका छन् ।  

अजय देवगन : अजय देवगनले सम्झन लायक खलनायकको रुपमा काम गरेका फिल्महरुमा ‘खाकी’, ‘कम्पनी’, ‘दिवानगी’, ‘ब्ल्याकमेल’, ‘अपहरण’ र ‘वान्स अपन अ टाइम इन मुम्बई’ रहेको छ । 

शाहरुख खान : किङ खान शाहरुखले पनि खलनायकको रुपमा काम गरेका छन् । उनले खलनायक भएर काम गरेका फिल्महरुमा ‘बाजीगर’, ‘डर’, ‘अन्जाम’, ‘डुब्लिकेट’ र ‘डन २’ रहेका छन् ।

रणवीर सिंह : रणवीर सिंहले फिल्म ‘पद्मावत’, ‘गुण्डे’ र ‘किल दिल’मा खलनायकको भूमिका काम गरेका छन् ।

सञ्जय दत्त : सञ्जय दत्तले खलनायकको रुपमा काम गरेका फिल्महरुमा ‘खलनायक’, ‘वास्तव’, ‘काँटे’,  ‘मुसाफिर’ र ‘अग्निपथ’ रहेको छ ।

ऋषि कपुर : ऋषि कपुरले खलनायकको रुपमा काम गरेका फिल्महरुमा ‘अग्निपथ’, ‘डी–डे’ लगायतको रहेको छ ।

सैफ अली खान : सैफ अली खानले खलनायकको रुपमा काम गरेका फिल्महरुमा ‘ओमकारा’, ‘बाजार’, ‘रेस’ लगायत रहेका छन् ।

आमिर खान : अमिर खानले ‘अर्थ’ र धुम ३ मा खलनायकको भूमिका निभाएका छन् ।

अमिताभ बच्चन : अमिताभ बच्चनले ‘परवाना’, ‘काँटे’, ‘आँखे’ र ‘आग’ लगायतका फिल्ममा खलनायकको रुपमा काम गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्