बुलबुलको पोस्टर च्यात्न प्रहरीको निर्देशन



काठमाडौं : शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली फिल्म बुलबुलको पोस्टरमाथि प्रहरीको नजर परेको छ । पोस्टरमा रक्सीको एउटा ब्रान्डको प्रचार गरेको गुनासो आएपछि प्रहरीले उपत्यकाका विभिन्न स्थानमा टाँसिएका पोस्टर हटाउन निर्देशन दिएको छ ।

कानुनतः मदिराको विज्ञापन गर्न नपाइने भन्दै काठमाडौं प्रहरी परिसर, टेकुले पोस्टर हटाउन निर्देशन दिएको छ । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार फिल्मका निर्देशक विनोद पौडेल र प्रोड्यूसर अविरल थापालाई बोलाएर पोस्टर हटाउन भनिएको छ ।

परिसरमा भएको छलफलपछि निर्माण पक्षले पोस्टर हटाउने प्रतिबद्धतासमेत जनाएको प्रहरीको भनाइ छ । फिल्ममा स्वस्तिमा खड्का, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्