उखु उत्पादन किसानलाई अनुदान दिन ९५ करोड बजेट विजियोजन



काठमाडौं : सरकारले उखु उत्पादक किसानलाई अनुदान दिने निर्णय गरेको छ । सरकारले उखु उत्पादन किसानलाई अनुदान दिन ९५ करोड बजेट विजियोजन गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट वक्तव्य प्रस्तुत गर्दै उनले कृषि उपजको समर्थन मूल्य तोकि खरिद गर्ने व्यवस्था मिलाएको बताएका छन् ।

यसैगरी प्रधानमन्त्री कृषि आधनुनिकीकरण परियोजनाका लागि ३ अर्ब २२ करोड रूपैयाँ विनियोजन गरेको सकेको समेत अर्थ मन्त्री खतिवडाले बताएका छन् । उनले २०० खाद्यभण्डार स्थापना गर्न १ अर्ब बजेट छुट्टयाएको जानकारी दिए ।

प्राङ्गारिक मलको प्रयोग गरी अर्गानिक उत्पादन बढाउन प्रोत्साहन गरिने उनको भनाइ छ । सुनकोसी मरिन डाइभर्सनका लागि २ अर्ब ४६ करोड रूपैयाँ बजेट र उडान प्रतिबन्धको मारमा परेका वायुसेवा कम्पनीहरुलाई सहुलियत दिइने उनले बजेट वक्तव्यमा समेटेका छन् ।

सबै स्थानीय तहको भूउपयोगन नक्सा अथवा डाटाबेस आगामी वर्ष सम्पन्न गरिने उनले लक्ष्य पनि प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्