राप्रपाको माइतीघरमा प्रदर्शन, धर्मनिरपेक्षता खारेजीको माग



काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकलाई हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै मंगलबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। 

राप्रपा अध्यक्ष कमल थापालगायतको केन्द्रीय नेताहरूको व्यापक सहभागितामा प्रजातन्त्र दिवसकै दिन मुलुकमा हिन्दु राष्ट्र कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने लगायतका माग गर्दै  प्रदर्शन गरिएको हो ।

यसअघि अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर ज्ञापनपत्र बुझाएका थिए । प्रमलाई बुझाइएको ज्ञापन पत्रमा धर्म निरपेक्षता तत्काल खारेजी गर्न र राजसंस्थासहितको प्रजातन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन आयोजना गर्न माग गरिएको छ। 

त्यस क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वार्थमा केन्द्रित भएरअघि बढन सबै राजनीतिक दलको सहकार्यको आवश्यकता औल्याएका थिए । व्यक्तिगत वा दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितमा केन्द्रित हुने सबै गतिविधिलाई सरकारले साथ दिने उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्