विद्युतीय राहदानी र लोककल्याणकारी विज्ञापन अनलाइनबाट प्रसारण गर्ने निर्णय



काठमाडौं : सरकारले आगामी वर्षदेखि विद्युतीय राहदानी दिने सरकारले घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय राहदानी (पासपोर्ट) को व्यवस्था गरिने बताएका हुन् ।

साथै सूचना प्रविधमा आधारित सञ्चामाध्यमलाई प्रवद्र्धन गर्न सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अनलाइनबाटसमेत प्रसारण गर्ने व्यवस्था गर्ने निर्णय सरकारले गरेको छ ।

अर्थमन्त्री खतिवडाले सरकारले यो आर्थिक वर्षबाट सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अनलाइनबाट समेत प्रसारण गर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्