काठमाडौं गोल्डेन्सलाई हराउँदै सीवाईसी अत्तरिया डिपिएलको शीर्ष स्थानमा



कैलाली : धनगढी प्रिमियर लिग अन्तर्गत सीवाईसी अत्तरियाले काठमाडौं गोल्डेन्सलाई ७ विकेटले हराउँदै लिगको शीर्ष स्थानमा रहन सफल भएको छ ।

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ७५ रन मात्र बनायो । उसका दुवै ओपनर गौरव तोमर एक र अनिलकुमार शाह ५ रनमा आउट भए । त्यसपछि पनि उसका मध्यक्रमका खेलाडीबीच कुनै राम्रो साझेदारी हुन सकेन ।

७६ रनको लक्ष्य अत्तरियाले १७ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । अत्तरियाको जितमा विदेशी खेलाडी जयकिशन कोल्सावाला नायक बने । २५ रन हुँदा सुभेन्दु पाण्डेलाई मात्र ५ रनमा गुमाएको अत्तरियाले ५० रनमा दोस्रो विकेट खेर फाल्यो । प्रेम तामाङ १० रनमा आउट भए ।

त्यसपछि ६३ रन हुँदा जयकिशन कोल्सावाला व्यक्तिगत ३३ रनमा पेभेलियन फर्किए । त्यसपछि कप्तान दीपेन्द्र ऐरीले अविजित रन बनाउँदै टिमलाई जित दिलाए ।

काठमाडौंले क्वालिफायर्समा अत्तरियासँगै खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस्