१० युनिटसम्म बिजुलीको पैसा नलाग्ने, १५० युनिट खपत गर्नेलाई २५ प्रतिशत छुट



काठमाडौं : सरकारले न्यूनतम् विद्युत खपत गर्ने ग्राहकलाई बिशेष छुटको व्यवस्था गरेको छ ।

१० युनिटसम्मलाई बिजुलीको पैसा नलाग्ने भएको छ । त्यस्तै १ सय ५० युनिट खपत गर्नेले २५ प्रतिशत छुट पाउने भएका छन् ।

२ सय ५० युनिट सम्म खपत गर्नेलाई १५ प्रतिशतले महशुल छुट दिने भएको छ । सरकारले खानेपानी र सिंचाई उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत् शुल्क मिनाहा र विद्युत् महशुलमा सहुलियत दिने व्यवस्था गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७ को बजेट प्रस्तुत गर्दै गरिबलाई विद्युत जडान गर्दा पैसा नलाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्