साल नझरेपछि हेलीकप्टरबाट सुत्केरीको उद्धार



सुर्खेतः सुत्केरी भएको एक दिनसम्म पनि साल नझरेपछि डोल्पाकी एक महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । धेरै रगत बगेको र जिल्ला अस्पतालमा साल झर्ने अवस्था नदेखिएपछि काइके गाउँपालिका–२ की ४० वर्षीया शान्ति बुढालाई हेलिकप्टरमार्फत उद्धार गरी कोहलपुर मेडिकल कलेजमा पुर्‍याइएको हो । 

    

शहरताराको प्रसुतिगृहमा सुत्केरी भएकी बुढाको छोरा जन्मिएको तर १२ घण्टासम्म पनि साल नझरेर रगत बगेपछि उनलाई जिल्ला अस्पताल डोल्पाले कोहलपुर रेफर गरेको हो । जिल्लामा ब्लड बैङ्क नभएकै कारण सुत्केरी बुढाको ज्यान जोगाउन ठूलो अस्पतालमा रेफर गरिएको जिल्ला अस्पताल डोल्पाका प्रमुख चिकित्सक सिजन रावलले जानकारी दिए । 

    

‘बिरामीको रगत धेरै बगेको छ, समयमा विशेष व्यवस्था भएको ठाउँमा उपचार नगरिए ज्यान जान सक्ने खतरा रहेकोले हेलिकप्टरमै सलाइन लगाएर कोहलपुर मेडिकल कलेजमा पठाइएका हौँ’ उनले भने । 

घर नजिकैकको बर्थिङ्ग सेन्टरमा बच्चा जन्मिएपनि एक दिनसम्म साल ननिस्किएपछि पाँच घण्टा स्टेरचरमा बोकेर सदरमुकाम पुर्‍याई हेलिकप्टरबाट नेपालगन्ज लगिएको हो ।

प्रतिक्रिया दिनुहोस्