स‌विधान दिवस मनाउने या विराेध गर्ने भन्नेमा राजपा र फाेरम दुर्इ खेमामा



काठमाडाै‌ : असोज ३ मा कालो दिवस मनाउने कि कालो दिवस भन्ने विषयलाई मधेसम यतिबेला चर्चामा छ । 

मधेसकेन्द्रित दल राजपा नेपालले असोज ३ लाई कालो दिवसका रुपमा मनाउने घोषणा गरेको छ । 

मधेसबाट पहाड उक्लिन लागेको अाराेप खेपेकाे अर्को दल स‌घीय समाजवादी फोरमका नेताकार्यकर्ता यस विषयमा विभाजित देखिएका छन् । 

संविधान दिवस मनाउने र कालो दिन मनाउने विषयमा फोरम विभाजित भइरहेको बेला राष्ट्रिय जनता पार्टी राजपाले भने असोज ३ गते मधेसका सबै जिल्लामा विरोधसभा आयोजना गर्ने निर्णय सार्वजनिक गरिसकेकाे छ ।

 

विरोधसभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष मण्डललार्इ जिम्मेवारी तोकिएको छ । याे खबर आजको नागरिक दैनिकबाट लिइएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्