निशुल्क प्याड वितरणका लागि १ अर्ब ८२ करोड विनियोजन



काठमाडौं : सरकारले स्यानिटरी प्याड वितरणका लागि १ अर्ब ८२ करोड विनियोजन भएको छ।
आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले माध्यमिक तहमा अध्ययनरत छात्राहरुलाई निःशुल्क रुपमा प्याड वितरणका लागि १ अर्ब ८२ करोड विनियोजन गरिएको बताए।

यसबाट करिब १३ लाख ७६ हजार छात्राहरु लाभान्वित हुने उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्