ब्लाकबर्नका मिडफिल्डर बनेटलाई कोरोना पुष्टि



एजेन्सी : इंग्ल्यान्डको च्याम्पियनसिप क्लब ब्लाकबर्नका एक जना खेलाडीमा कोरोना पुष्टि भएको छ। ब्लाकबर्नका मिडफिल्डर इलियट बनेटलाई कोरोनाको संक्रमण देखिएको हो ।

च्याम्पियनसिप क्लबका एक हजार ३० खेलाडीमा परिक्षण गर्दा ३ जनामा कोरोना देखिएको हो ।

जसमा मिडफिल्डर बन्नेट र फुलहमका दुई खेलाडी रहेका छन् । कोरोनाको महामारीको कारण स्थगित खेल जुनबाट सुचारु गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्