प्रधानमन्त्रीको सम्बोधनका लागि सुदूरपश्चिम प्रदेश सभाको तयारी पुरा



कैलाली : सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशनको आठौँ बैठकमा भोलि बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने सम्बोधनका लागि तयारी पुरा भएको छ । प्रधानमन्त्रीले सम्बोधन गर्ने भएपछि  प्रदेश सभा हल र भवन परिसरमा सरसफाइ गरी सजाइएको छ ।

प्रधानमन्त्री ओलीले गर्ने सम्बोधनका लागि सबै तयारी पुरा भएको सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापाका स्वकीय सचिक कविन्द्र रोकायाले बताए । प्रधानमन्त्रीको  सम्बोधन झन्डै ४५ मिनेटको हुने बताइएको छ ।  

पहिलो पटक प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने र्कायक्रममा  प्रदेश सरकारको तर्फबाट विभिन्न क्षेत्रको विकासका लागी लिखित अनुरोध पत्र समेत दिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्