सिताराम भन्छन्–‘जन्म कसैको रोजाई हैन तर कर्म मानिसको रोजाई हो ’



काठमाडौं : अन्तरजाति प्रेम गरेका कारण जाजरकोटका २० वर्षीय दलितयुवा नवराज विक र उनका तीन साथीको हत्या भएको छ । यो विषयलाई लिएर यतिबेला सामाजिक सञ्जालहरु तातिएको छ । दलित भएका कारण मारिएका ती युवाप्रति दुःख व्यक्त गर्दै सर्वसाधारण तथा आफन्ताले हत्यारा पहिचान गरि कडा सजाय दिन सरकारसँग माग गरिरहेका छन् । यस विषयमा नेपाली कलाकर्मीहरुले पनि खुलेर आफ्ना अभिव्यक्तिहरु राखिरहेका छन् ।

त्यस्तै कलाकार तथा सामिजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ले जातीय भेदभावकै कारण मानिसको ज्यान जानु भनेको मानव सभ्यताकै सबैभन्दा ठूलो लज्जाको बिषय हो भनेका छन् । उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्–‘प्रेमजस्तो पवित्र प्रसंगलाई जातीय विभेदको अपराधले छोप्न खोज्ने पिडकलाई कडा सजाय होस् । घटनामा ज्यान गुमाउने भाइ नवराज र उनका साथीप्रति भावपूर्ण श्रद्धाञ्जली । जन्म कसैको रोजाई हैन तर कर्म मानिसको रोजाई हो । मानवताभन्दा ठूलो अर्को कुनै भावना छैन । जातीय कारण नै मानिसको ज्यान जानु भनेको मानव सभ्यताकै सबैभन्दा ठूलो लज्जाको बिषय हो । यस्ता घटना निरुत्साहित गर्न कानुनमा भएको प्रावधानको सबैभन्दा कठोर प्रयोग गरियोस् घटनाको सत्य तथ्य छानबिन होस् । ’

प्रतिक्रिया दिनुहोस्