अमेरिकी संसदमा तिब्ब्तलाई छुट्टै देशको मान्यता दिने प्रस्ताव



अमेरिका– चीन सम्बन्धमा तनाव बढ्दै गएको बेलामा एक अमेरिकी सांसदले तिब्बतलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिनका लागि कांग्रेसमा विधेयक पेश गरेका छन्।

यो क्षेत्र हाल चीनको नियन्त्रणमा छ। अमेरिका र चीन दुबै कोरोनाभाइरस र व्यापार सम्बन्धी मुद्दाहरूको बारेमा वादविवाद गरिरहेको बेला यो प्रस्ताव पेश गरिनुलाई अर्थपुर्ण ढंगले हेरिएको छ ।

अमेरिकी सांसद स्कट पेरीले प्रस्तुत गरेका उक्त विद्येयकमा तिब्बतमाथि चीनको नियन्त्रणको अन्त्य गर्दै स्वतन्त्र देशका रूपमा मान्यता दिन माग गरिएको छ । उक्त विद्येयकलाई विदेश मामिला सम्बन्धी संसदीय समितिमा पठाइएको छ।

तिब्बत चीनको दक्षिण–पश्चिममा अवस्थित छ। यो भारत, नेपाल, म्यानमार र भुटानको सिमाना पनि हो। चीनले १९५४ देखी यस क्षेत्रलाई कब्जामा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्