तिब्बतमा बालबालिकामाथि बौद्ध धर्मको पालना गर्न प्रतिबन्ध



एजेन्सी– चिनियाँ अधिकारीहरूले बौद्धहरुको महान चाड सागा दावाको मौकामा तिब्बतको क्षेत्रीय राजधानी ल्हासामा निगरानी तिव्र बनाएको छ ।

तिब्बती चन्द्र क्यालेन्डरको चौथो महिनामा पर्ने सागा दावा यसपालि मे २ बाट शुरुभएको थियो । यस क्रममा बुद्धको जन्म, मृत्यु, र ज्ञानको सम्झना गरिन्छ र परम्परागत रूपमा यस चाडलाई विश्वभरिका बौद्ध देशहरूमा मनाइन्छ । तर तिब्बतमा भने चीनले यो चाड मनाउन प्रतिबन्धहरु लगाएको छ ।

सो चाड मनाउनका लागि ल्हासाको प्रसिद्ध जोखांग मन्दिर र अन्य धार्मिक स्थलहरूमा सर्र्वसाधारणको लागि खुला गरिए पनि विद्यार्थीहरू, सरकारी कर्मचारीहरू, र राज्यबाट पेन्सन लिने व्यक्तिहरूलाई धार्मिक कार्यक्रमहरूमा भाग लिन अनुमति नदिइएको शहरका एक निवासीले बताए ।

अभिभावकलाई चिनियाँ अधिकारीहरूले बच्चाहरूलाई सागा डावामा धार्मिक समारोहमा भाग लिन नदिन चेतावनी दिएका दिएका छन् ।

अधिकारीहरूले कम्युनिष्ट पार्टीका सदस्यहरू, सरकारी कर्मचारीहरुलाई पनि धार्मिक समारोहमा भाग लिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको बुझिएको छ । ल्हासामा चाडको बेलामा प्रहरी गतिविधि पनि बढाइएको छ जसबाट सर्वसाधारणमा त्रासको वातावरण बनेको छ ।

चीनका तिब्बती जनसंख्या भएका क्षेत्रहरुमा चिनीया अधिकारीहरूले बालबालिकाहमा बौद्ध धर्मको प्रभाव नपरोस् भनेर उनीहरुलाई धार्मिक कार्यक्रमहरु सहभागी हुन प्रतिबन्ध लगाउदैआएको छ ।

प्रतिक्रिया दिनुहोस्