मोटरसाइकलको ठक्करबाट घाइते वृद्धाको मृत्यु



वीरगन्ज : सवारी दुर्घटनामा परी गम्भीर घाइते एक वृद्धाको वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । रौतहट गरुडा नगरपालिका ६ कोठीयाईकी ६० वर्षीया महिला सिमरिखिया देवीको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

फागुन ५ गते बाराको गढीमाई स्थित वगुवईमा ना३प ९६५२ नम्बरको मोटरसाइकलले साइकलमा ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट साइकल पछाडि सवार सिमरिखिया देवी गम्भीर घाइते भएकी थिइन । 

ठक्कर दिने मोटरसाइकल चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्