प्रधानमन्त्री ओली र कृषि मन्त्रीको कुरो मिलेन



काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक वर्षलाई समृद्धिको आधार वर्षको रुपमा सफल वर्ष परिभाषित गरिरहँदा कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले भने आफ्नै मन्त्रालयको कार्यप्रगतिप्रति असन्तुष्टि जनाएका छन्।

खनालले मंगलबार मन्त्रालयमा आकस्मिक वैठक बोलाएर मातहतका निकायलाई स्पष्टीकरण लिएका छन् । मातहतका निकायलाई एकहोरो रुपमा झपार्ने शैलीमा प्रस्तुत भई चार महिनाभित्र मन्त्रालयको प्रगति उत्कृष्ठ बनाउन समेत मन्त्री खनालले निर्देशन दिएका छन्। आफूले कर्मचारीलाई पूर्ण रुपमा स्वतन्त्रता दिएर काम गर्न लगाएको तर, कर्मचारीहरु गम्भीर नभएको भन्दै उनी कर्मचारीमाथि खनिएका हुन्।

प्रतिक्रिया दिनुहोस्