संवेदनशीलता र भरोसापूर्ण वातावरण भएमात्र नेपालसँग वार्ता : भारत



काठमाडौं : भारतले नेपालसँगको सीमा समस्या समाभानका लागि वार्ता गर्न सकिने बताएको छ । तर, यसका लागि ‘भरोसापूर्ण वातावरण’ भएमा मात्र वार्ता गर्न सकिने बताएको हो ।

भारतको विदेश मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले सीमालाई लिएर भारत र नेपालबीच देखिएको पछिल्लो तनावका सम्बन्धमा वार्ताका लागि रचनात्म र सकारात्मक पहल चाहिने बताएका हुन् ।

‘भारत वार्ताका लागि तयार छ । यसकालागि संवेदनशीलता, सम्मान, विश्वास र भरोसापूर्ण वातावरण चाहिन्छ,’ उनले भने ।

भारतका तर्फबाट वार्ताका लागि अघि सारिएका रचनात्मक र सकारात्मक पहलको सर्त यो नयाँ भने होइन । नेपालको लिम्पियाधुराको भूभागलाई समेटेर नक्सा जारी गरेपछि दिइएको प्रतिक्रियामा पनि नेपालको नेतृत्वको कूटनीतिक संवादका लागि अनुकूल वातावरण निर्माणमा सघाउने विश्वास राखेको जनाएको थियो ।

भारतले गत वैशाख अन्तिम साता नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्म जोड्ने बाटो निर्माण गरेपछि नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुगेको छ । नेपाली भूमि मिचेर सडक बनाइएपछि नेपालमा सरकार र जनस्तरमा भारतको तीव्र विरोध भएको छ ।

यहीबीच वर्षौंदेखि भारतको कब्जामा रहेका र नेपालको नक्सामा छुटेका लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेको छ । सन् १८१६ को सुगौली सन्धिको आधारमा नेपालको भूभाग महाकाली नदीको मुहान लिम्पियाधुरासम्म रहेको भन्दै नेपालले नयाँ नक्सा जारी गरेको हो । सो नयाँ नक्सा नेपालको निशान छापमा अध्यावधिक गर्न संविधान संशोधनको प्रक्रिया अघि बढाइएको छ ।तर, बुधबार संशोधन प्रस्ताजलाई सरकारको आग्रहमा संसदको कार्यासूचीबाट हटाइएको थियो ।

नक्साका सम्बन्धमा काठमाडौंमा विकसित घटनाक्रमप्रति दिल्लीले विशेष चासो राख्दै आएको छ ।

बिहीबर पत्रकार सम्मेलनमा भारतका विदेश मन्त्रालयका प्रवक्ताले सीमा सम्बन्धमा नेपालमा भइरहेका घटनालाई नजिकबाट नियालिरहेको र संविधान संशोधनमा भारतको चासो प्रष्ट हुन्छ । श्रीवास्तले भने छन्–‘यो विषयलाई नेपालमा पनि विशेष सावधानिपूर्व हेरिन्छ भन्ने विश्वास छ ।’

प्रतिक्रिया दिनुहोस्