नवलपुरमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि



चितवन : नवलपुरमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको कोभिड–१९ प्रयोगशालामा भएको परीक्षणमा नवलपुरको देवचुली नगरपालिकाका थप दुई जनामा कोरोना पुष्टि भएको हो ।

शुक्रबार बिहान भरतपुर अस्पतालले एक सूचना जारी गर्दै देवचुलीका ११ र १५ वडाका बासिन्दा रहेको जानकारी दिएको हो । दुवै युवक जेठ ९ र १२ गते भारतबाट आएर नगरपालिकाको क्वारेन्टाइनमा रहेका थिए ।

जेठ १४ गते भएको नमुना परीक्षणमा उनीहरूलाई संक्रमण देखिएको हो । त्यस दिन ७१ वटा नमुना परीक्षण भएका थिए ।

यससहित चितवनमा १७ सय ५ वटा नमुना परीक्षण भएका छ । जसमध्ये १० जनामा संक्रमण भेटिएको छ । चार जना देवचुलीकै छन् । कुल संक्रमितमा नवलपुरका पाँच र चितवनका पाँच जना छन् । चितवनका दुई जना निको भएर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्