विद्युतिय गाडीमा अन्तशुल्क भन्सार बढाउने निर्णय प्रति थापाको असन्तुष्टि



काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले विद्युतिय गाडीमा अन्तशुल्क भन्सार बढाउने बजेटको घोषणा प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको घोषित नीति बिरुद्ध रहेको बताएका छन्।

थापाले ट्वीट गर्दै वातावरण सन्तुलन राख्ने र पेट्रोलियम पदार्थमा परनिर्भरता घटाउने नीति विपरित रहेको बताएका हुन् ।

गैरविद्युतिय गाडी आयातकर्ताको सिण्डिकेटको प्रभावमा गरिएको यो राष्ट्रहित बिरोधी निर्णय सच्याउनु पनि उनले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्