२० हजार वेबसाइट बन्द गर्ने सरकारकाे तयारी



काठमाडाैं: बङ्लादेशमा अश्लील सामग्री राखेको आरोपमा करिब २० हजार वेबसाइट बन्द गरिएको छ । अश्लीलताविरुद्धको लडाई अभियानका क्रममा वेेबसाइट बन्द गरिएको सरकारी उच्च अधिकारीले जानकारी गराएकाे छ । 

मुस्लिम समुदायको बाहुल्यता रहेको देश भएकाले कामोत्तेजक अनलाइन सामग्री पाच्य नहुने भन्दै सरकारी पक्षले नियन्त्रण गर्न लागेको हो । “मैले बङ्लादेशलाई सुरक्षित र रचनात्मक इन्टरनेट प्रयोगकर्ता रहेको देश बनाउन चाहन्छु, बालबालिकाका लागि पनि यो अत्यन्त घातक छ,” बङ्लादेशका दूरसञ्चारमन्त्री मुस्तफा जब्बरले भने । 

अश्लीलताविरुद्ध आफूले ठूलो लडाई नै लड्नु परेको बताउँदै मन्त्री मुस्तफाले यसलाई निरन्तरता दिने बताए । बङ्लादेशका सरकारी उच्च अधिकारीहरूले सामाजिक सञ्जाल, टिकटक, विगोलगायत एपको दुरूपयोग भएको ठानेका छन् । 

प्रतिबन्ध लगाइएका वा बन्द गराइएका वेबसाइटमध्ये अधिकांश विदेशी रहेको मन्त्री मुस्तफाले जानकारी दिएका छन् । बङ्लादेशको उच्च अदालतले गत नोभेम्बरमा अश्लील वेबसाइट तथा प्रकाशनहरू बन्द गर्न निर्देशन दिएकाले सरकारी अधिकारीहरूले अभियान थालेका हुन् । बङ्लादेशमा अश्लील वेबसाइट सर्वाधिक हेरिएको सूचीमा रहँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्