भारतीय सेनाले नेपालबारे दिएको आपत्तिजनक अभिव्यक्तिबारे नेपाली सेनाले मुख खोल्यो



काठमाडौं : नेपाली सेनाले भारतीय दुई सञ्चारमाध्यमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

बिहीबार नेपाली र अंग्रेजी भाषामा विज्ञप्ति जारी गर्दै सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले भारतीय दुई अनलाइन हिन्दुस्तानटाइम्स डट कम र टीएफआइपोष्ट डट कममा प्रकाशित समाचारको खण्डन गरेको हो ।

दुवै समाचार हालै लिपुलेक विवादको सन्दर्भमा भारतीय सेना अध्यक्ष एमएम नरवणेले नेपालबारे दिएको आपत्तिजनक अभिव्यक्तिसँग सम्बन्धित छन् । उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यले प्रेरित भएको विज्ञप्तीमा उल्लेख छ ।

सेनाले ‘राष्ट्रिय एकता थप मजबुत बनाउनु पर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यसप्रकारका अफवाहहरूमा विश्वास नगर्न अनुरोध गरेको छ ।

साथै सेनाले नेपालको संविधानअनुरुप सरकारको निर्देशन पालना गर्न कटिवद्ध रहेको समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्