फल्टुडेमा मदिरासहित ट्रक प्रहरीको नियन्त्रणमा



जोगबुढाः कैलालीमा मदिरासहित फल्टुडेबाट प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ ।

धनगढीबाट मदिरा लगेर जोगबुढा जादै गरेको से १ ख १३७० नम्बरको ट्रकलाई फल्टुडे प्रहरीले नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय फल्टुडेका अनुसार ट्रकबाट एक लाख ८ हजार बराबरको मदिरा बरामद गरिएको छ ।

ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक माधव बिश्वकर्माले सिमेन्ट सरिया बोकेको ट्रकमा मदिरा पनि लुकाई छिपाई लगिरहेको अवस्थामा मदिरा बरामद गरिएको बताए ।

यस्तै मदिरा व्यवसायी तेज बहादुर बोहरा र चालक खगेन्द्र साउँदलाई पक्राउ गरिएको छ । उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्