चुरोट सल्काउँदा शरीर जलेर घाइते बृद्धको मृत्यु



जनकपुरधामः चुरोट खान बसेका एक बृद्धको ज्यान गएको छ ।

चुरोट खाने क्रममा अचानक वृद्ध रामसुकुल साहको कपडामा आगो सल्केपछि उनले आगोलाई नियन्त्रणमा लिन नसक्दा शरीरको विभिन्न भाग जलि घाइते भएको सर्लाहीका सूचना अधिकृत समेत रहेका प्रहरी नायब उपरिक्षक मदन कुँवरले जानकारी दिए ।

बिहीबार राति प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहँदा सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नं.५ बस्ने ७० वर्षीय रामसुकुल साहको मृत्यु भएको हो ।

साहको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा बिहीबार राति नै मृत्यु भएको प्रहरी नायब उपरिक्षक कुँवरले बताए । बिडी सल्काएर सलाईको काटी फ्याल्ने क्रममा उनले लगाएको कपडामै रुमलिएको र उनले नियन्त्रणमा लिन नसक्दा आगो लागेर शरीर जलेर घाइते भएको प्रहरीले जनाएको छ ।

उनी घरमा एक्लै रहेको र बयोवृद्ध भएकै कारणले उनले आगोलाई नियन्त्रणमा लिन नसकेको परिवारजनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्