कोरोना संक्रमित एक नेपालीद्वारा आत्महत्या



काठमाडौं : बहराइनमा कोरोना संक्रमित एक नेपाली कामदारले क्वारेन्टाइनमा आत्महत्या गरेका छन् । ताप्लेजुङका ३८ वर्षीय पुरुषले उपचार भइरहेका बेला बिहीबार आत्महत्या गरेका हुन् । उनी एक्सिलेन्सी इन्डस्ट्रियल एण्ड मेन्टिनेन्स कम्पनीमा कार्यरत थिए ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले आत्महत्याको पुष्टि गरेका छन् । उनले क्वारेन्टाइनभित्रको बाथरुममा झुण्डिएर उनले आत्महत्या गरेका हुन् ।

राजदूत सुन्दासले बहराइनमा कोरोना संक्रमितको गुणस्तरीय उपचार भइरहेको जानकारी दिँदै नेपाली समुदायलाई नअत्तालिन आग्रह गरेका छन् । ‘अहिलेसम्म ३ सय ३१ जना नेपालीलाई पोजेटिभ देखिएको हो । त्यसमा धेरैजसो निको पनि भइसकेको उनले बताए ।

बहराइनमा अहिलेसम्म १० हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमितमध्ये १५ जनाको मृत्यु भएको छ । जसमा १४ जना बहराइन र एक जना भारतका नागरिक रहेका छन् ।

संक्रमण पुष्टि भएकामध्ये ५ हजार ४ सय १९ जना निको भएका छन् । कोरोना महामारी देखिएयता भने अन्य दुई जनाले छतबाट हामफालेर आत्महत्या गरेका छन् । उनीहरुको परीक्षणमा भने कोरोना नेगेटिभ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्