चलचित्र मङ्गलम डिसहोममा प्रदर्शन



काठमाडौं : चलचित्र मङ्गलम डिसहोमकोे च्यानल नम्बर १०६मा प्रदर्शनमा आएको छ । व्यवसायिक रुपमा समेत सफल यस चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्र छबिराज प्रोडक्सनको ब्यानर तथा गुन सिनेमा प्राईभेट लिमिटेडको प्रस्तुतमा बनेको छ ।

चलचित्रमा शिल्पा पोखरेल, साम्राज्ञी राज्यलक्ष्मी, पुष्पल खड्का, पृथ्वीराज लगायत कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन, दिपक शर्माको संगीत र गोविन्द फुँयालको कथा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्