भारतको पश्चिम बंगालका मन्त्रीमा कोरोना संक्रणको पुष्टि



काठमाडौंः भारतको पश्चिम बंगालका एक मन्त्रीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यहाँका मुख्यमन्त्री ममता बेनर्जी क्याबिनेटका अग्नी सेवा मन्त्री सुजित बोसमा संक्रमण पुष्टि भएको हो ।

बिहीबार राति उनको रिपोर्ट पोजेटिभ आएपछि होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको हो । त्यस्तै उनकी श्रीमतीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बंगालमा बिहीबार मात्रै तीन सय ४४ संक्रमित थपिएका थिए । जसमध्ये ८७ संक्रमित कोलकत्ताका छन् ।

शुक्रबार बिहानसम्म कुल संक्रमित ४ हजार ५ सय ५३ छन् । जसमध्ये एक हजार ६ सय ६८ जना निको भएर घर फर्किसकेका छन् । बंगालमा यसको संक्रमणबाट २ सय ९५ जनाले ज्यान गुमाइसकेका छन् ।

भारतभरी अहिलेसम्म १ लाख ६५ हजार ७ सय ९९ संक्रमित छन् भने ४ हजार ७ सय ६ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्