भक्तपुरकी कोरोना संक्रमित महिला ६ दिनमै डिस्चार्ज



भक्तपुर : भक्तपुर नगरपालिका–९ वडाकी महिला सदस्य कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

शुक्रबार कोरोना पुष्टि भएकी ४२ वर्षीया वडा महिला सदस्य पाटन अस्पतालबाट ६ दिनमै डिस्चार्ज भएको भक्तपुर–९ वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वले बताए ।

यही जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा उनको स्वाब सङ्कलन गरिएको थियो । उक्त स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ९ गते राति रिपोर्ट पोजेटिभ आएपछि उनलाई १० गते बिहान ललितपुरको पाटन अस्पतालको कोभिड आईसीयू ब्लकमा भर्ना गरिएको थियो ।

अस्पतालमा १४ र १५ गते पुनः भएको कोरोना परीक्षणको रिपोर्टमा नेगेटिभ आएर कोरोनामुक्त भएपछि उनलाई बिहीबार साँझ डिस्चार्ज अस्पताले उनलाई डिस्चार्ज गरेको हो ।

वडा महिला सदस्यलाई कोरोना पुष्टि भएपछि भक्तपुर नगरले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीलगायत १६८ जनाको पिसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको महिला जनप्रनिधिको बस्ती यसअघि नै सिल हटाइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्