नेपाली सेनाका वरिष्ठ अधिकारी कोरोना निको भएर डिस्चार्ज



काठमाडौं : कोरोना संक्रमित नेपाली सेनाका वरिष्ठ अधिकारी डिस्चार्ज भएका छन् ।

गत जेठ ३ गते कोरोना संक्रमण पुष्टि भएको उनी १२ दिनपछि डिस्चार्ज भएका हुन् । उनी मध्यपूर्वी पृतनामा कार्यरत थिए ।

जंगीअड्डा स्रोतका अनुसार सशस्त्र प्रहरी अस्पताल बलम्बुले उनलाई शुक्रबार डिस्चार्ज गरेको छ ।
उनीसँगै भर्ना भएका अर्का सैनिक अधिकारी पनि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्