अझै तीन दिन बदलीसँगै वर्षाको सम्भावना


काठमाडौं : पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले बदलीसँगै मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँ उपत्यकामा बिहानै वर्षा भएको छ ।

ती मौसमी प्रणाली अझै विकसित हुने क्रममै रहेकाले आगामी तीन दिन देशभर वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताए । दिउँसो देशभर सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार देशको पूर्वी र पश्चिमी भूभागलगायत मध्य पहाडी भूभागमा सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ । आइतबार देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रही पहाडी भूभागका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव चार डिग्री र अधिकतम तापक्रम २८ दशमलव चार डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम छ दशमलव पाँच डिग्री र सबैभन्दा बढी भैरहवा अधिकतम तापक्रम ५३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

ललितपुर : महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि

जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २० जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी

काठमाडौं– समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा)मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा)लाई निर्वाचन आयोगले दल

काठमाडौं– सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन्। कानून विपरीत समाजवादी पार्टीले आफूमाथि कारबाही

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको अगाडि रहेको गुठीको जग्गा लिजमा

काठमाडौं : आइतबार काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य

काठमाडौँ : कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन्

काठमाडौं : भारतको बहराइच क्षेत्र हुँदै आइतबार सहलका दुई वटा झुण्ड नेपाल प्रवेश गरेको छ

काठमाडौँ : सुदूरपश्चिम प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक

काठमाडौं : सरकारले बुधबारदेखि ६ मुलुकमा तेस्रो पटक थप ४२ चार्टर उडान गर्ने भएको छ

काठमाडौं : देशका अधिकांश क्षेत्रमा मंगलबारसम्म भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग