इंगलिस प्रिमियर लिग जुन १७ देखि सुचारु हुने



एजेन्सी : इंगलिस प्रिमियर लिग (ईपिएल) जुन १७ देखि सुचारु हुने भएको छ। कोरोना भाइरसका कारण स्थगित भएको प्रिमियर लिग र क्लबहरुको बैठकले खेल जुन १७ देखि सुचारु गर्ने मिती तय गरेको हो।

प्रिमियर लिग अन्तर्गत २९ औं चरणका खेल समापन गर्न बाँकी रहेका दुई खेल जुन १७ तारिखमा हुनेछ । त्यस दिन एस्टन भिल्ला र सेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ ।

त्यसपछि अर्को चरणको खेल भने जुन १९ देखि नै सुरु हुने जनाइएको छ । लिगका सबै खेल बन्द रंगशालामा हुनेछन् । लिगमा लिभरपुल २९ खेलमा ८२ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको २८ खेलमा ५७ अंक छ ।

प्रतिक्रिया दिनुहोस्