नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ



सुनसरी : कोशी गाउँपालिका-५ बस्ने २२ वर्षीय तनवीर आलम मियाँलाई नियन्त्रित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । एक सय एमएलको डाईलेक्स डिसी २५ बोतल, स्पास्मो प्रक्सिभन प्लस ७२ क्याप्सुल, नाईट्राभेट २ सय ७० ट्याब्लेट र नगद २१ हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी श्रीपुरबाट खटिएको गस्ती टोलीले शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा मियाँलाई फेला पारी जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो । मियाँ उपर लागूऔषध शीर्षक मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्