सैफ र अमृता सिंहको रोमान्टिक भिडियो भयो भाइरल (हेर्नुस् भिडियो)



एजेन्सी : सम्बन्धविच्छेदपछि आ–आफ्नो जीवन विताइरहेका बलिउडमा कुनै समय निकै चर्चित जोडीको रुपमा स्थापित सैफ अली खान र अमृता सिंहको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

आफूभन्दा १० वर्ष जेठी अमृताको प्रेममा पागल भएका सैफले अन्ततः अमृतासँग विवाह गरेरै छाडे । एकअर्कासँग निकै मिलनसार र हाँसी खुशी रहेको यो जोडीको वैवाहिक जीवन भने अन्तसम्म चल्न सकेन र १३ वर्षपछि सम्बन्धविच्छेद नै गरे ।

सम्बन्धविच्छेदपछि सैफले करीनासँग विवाह गरे भने अमृता एकल जीवन विताइरहेकी छिन् ।

यसैबीच, उनीहरुको एउटा भिडियो सामाजि सञ्जालमा भाइरल भएको छ । भिडियोमा अमृताले गीत गाइरहेकी छिन् र उनले गाएपछि खुशी भएका सैफले उनको गालामा चुम्बन गरेका छन् ।

यो भिडियो सिमी ग्रेवालको टक शोको हो । उनीहरु विवाहपछि उक्त कार्यक्रममा गएका थिए । जुन कार्यक्रममा अमृताले ‘तुम आ गए हो नूर आ गया है…’ बोलको गीत गाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्