रुसमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३२ जनाको मृत्यु



मस्को : रुसमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या अहिलसम्मकै उच्च रहेको पाइएको छ। पछिल्लो २४ घण्टामा रुसमा २३२ जना भन्दा बढीको कोरोनाबाट मृत्यु भएको छ ।

रुसमा हालसम्म कोरोना संक्रमणबट मृत्यु हुनेको संख्या ४ हजार ३७४ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ८ हजार ५७२ कोरोना संक्रमित थपिएका छन् ।

हालसम्म रुसमा कोरोना संक्रमितको संख्या ३ लाख ८७ हजार ६२३ पुगेको छ । रुस विश्वमै कोरोना संक्रमित देशहरुको आधारमा तेस्रो स्थानमा छ। सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा छन् भने दुई नम्बरमा ब्राजिल छ ।

प्रतिक्रिया दिनुहोस्