प्रेमीसँग बसेर घर फर्केकी १४ वर्षीया छोरीको घाँटी काटेर पिताले गरे हत्या



एजेन्सी : इरानमा १४ वर्षकी किशोरीको आफ्नै पिताले घाँटी काटेर हत्या गरेका छन् ।

इरानका स्थानीय सञ्चार माध्यमका अनुसार इरानको गिलान प्रान्तमा १४ वर्षकी किशोरी आफ्नो प्रेमीको घर गएर फर्केपछि उनको पिताले उनको हत्या गरेका हुन् ।

छोरी हराएपछि पिताले प्रहरीमा उजुरी दिए । उजुरीपछि प्रहरीले किशोरीलाई प्रेमीको घरमा फेला पारी उनको पिताको जिम्मा लगायो । तर, पिताले छोरी घरमा सुतिरहेको अवस्थामा गर्दन काटेर हत्या गरे ।

यो घटनापछि इरानी प्रहरीमाथि पनि प्रश्न उठिरहेको छ । किशोरीले घर जाँदा आफ्नो आफू असुरक्षित हुने बताए पनि प्रहरीले उनलाई उनकै घरमा पुर्याएकोप्रति आलोचना भइरहेको छ ।

यो घटनाको सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । साथै, किशोरीको नाममा ट्विटरमा ह्याशट्याग अभियान नै चलेको छ । उक्त प्रान्तका गर्भनर काजिम रजमीले उनका पितालाई पक्राउ गरी हिरासतमा राखिएको छ ।

यद्यपि, इरानमा घरेलु हिंसा र हत्यामा संलग्न पिता, दाजुभाई वा आफन्तलाई सजाय कम हुने कानुन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्