नेपालमा कोरोनाबाट छैटौँ व्यक्तिको मृत्यु



काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ।
भारतबाट नेपाल आउने क्रममा अर्घाखाँचीका ३५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।

नेपाल प्रवेश भएसँगै जेठ ११ गते ती व्यक्तको नमुना लिइएको थियो। स्वाब परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको डा देवकोटाले जानकारी दिए।

यो सहित नेपालमा कोरोना भइरसको संक्रमण देखिएकाको मृत्युको संख्या ६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्