पाकिस्तानपछि भारत पुगे साउदी युवराज सलमान 



एजेन्सी : पाकिस्तानको भ्रमणलगत्तै साउदी अरबका युवराज मोहम्मद बिन सलमान दुई दिवसीय भ्रमणका क्रममा भारत पुगेका छन् । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एयरपोर्ट पुगेर स्वागत गरेका थिए ।

भारत प्रशासित कश्मिरको पुलवामा आतंककारी हमलापछि भारत र पाकिस्तानबीच तनाव बढिरहेकै बेला साउदी युवराज सलमान पाकिस्तान र भारत दुवै देशको भ्रमण गरेका हुन् । उनले पहिले पाकिस्तान र त्यसलगत्तै भारतको भ्रमण गर्न लागेका छन् ।

साउदी युवराज भारतलाई आफ्नो तेल अत्यधिक मात्रामा बेच्न चाहन्छन् । भारतीय प्रधानमन्त्री मोदी र साउदी युवराज सलमानबीच बुधबार दिउँसो द्विपक्षीय सम्बन्ध र आपसी हितका बारेमा वार्ता हुनेछ ।

वार्तामा भारतीय प्रम मोदीले केही दिनअघि मात्रै कश्मिरमा भएको आतंकारी हमलाको बारेमा चर्चा गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्